
वरि-परि यसो हेर्दा, बुझ्दा मलाई एउटा सानो बालक लड़ेर रोएको स्मरण हुन्छ। सबैले बालक लड़ेको त प्राय देखेका नै हुन्छन्। बालक लड़दा हामी कतिजनाले उसलाई “बिचरा, चो़ चो़ं ” भन्दै गिज्याएका पनि छौ । हामीले बिचरा भन्दा त्यो कलिलो जिवन झन् ग्वाॅ ग्वाॅ रोएको शायद कतिजनालाई झझल्को पनि आउदो होलान् । त्यो कलिलो सृष्टिलाई रूवाउनू पाउदा कति मज्जा आउथ्यो है? उसको आमाले चाहि हामीसंग रिसाउदै “केही भा छैन, बड़ेको पो त” भन्दै फकाएकी अनि त्यो बालक पनि आमाको कुरा सुनेर केही भा छैन जस्तै शान्त भएको मलाई स्मरण हुन्छ।
हिजोआज फेरि मेरो कानमा कुनी किन त्यो बालक रोएको ध्वनि गूंजिरहन्छ, त्यो बालक फेरि उठ्ने प्रयास गर्न नसकेको मलाई आभास भइरहन्छ।
हामीले कतै त्यो बालकलाई रुवाए झै कसै अरूलाई पनि त रूवाउदै छैनौं? कतै हामीले हाम्रो वचनले कसै अरूका हिम्मत पनि त टूटाउदै छैनौं? हामीले कसै लड़दा खिल्ली उड़ाउदै बिचरा भनेर कतै कसैलाई जिवन यति नै रहेछ जस्तो त आभास गराउदै छैनौं?
जिवन भनेको नै त अघि बढ़नू हो। अगाडि बढ्दा हामी कतिपय ठाउँ, कतिपय समय लड़न जान्छौ। कहिले सुख, कहिले दुख यही नै त तपाई हाम्रो जिवन हो तर कतै अरूको दुखमा हामी जानेर वा नजानेर रमाई त रहेका छैनौं? कतै त्यो बालक रोए झै हाम्रो कारण कसै अरूका मन पनि त रोएका छैनन्?
कतै भोलि हामी लड़दा, अरु कोही त रमाउदैनन्? त्यो नानीलाई गिज्याए झै कतै हाम्रो दुखमा पछि हामीलाई नै त कसैले गिज्याउदैनन्?
फेरि के थाहा त्यो बालक को झै हामीसंग हाम्रो कोही आफ्नो हिम्मत बनी खड़ा हुने हो वा होइन!
© Copyright S̮e̮l̮i̮n̮a̮ S̮u̮b̮b̮a̮
I value your wonderful read. Please follow ➕ Seli's Diary if you are not yet a follower.
This one act of yours can inspire someone to continue living her dream 📝✍️
गहेरो | हरेक शब्दहरू मा वोजन छ |
LikeLiked by 1 person
धन्यवाद साथी 😊
LikeLike