मेरी प्यारी आमा स्व॰ बिष्णुकुमारी लिम्बूलाई समर्पित मेरो कविता “आमा”

आमा


“आमा” एउटा शब्द मात्र होइन
हजारौ भावनाहरुको आभास।
गर्मीमा छहारी, वर्षामा ओथ
अनि ठण्डी मा न्यानोपन।

भाग्यमानी हुन् तिनीहरु जसले
पोल्ने घाममा शितलता पाउन सक्छन्,
सौभाग्यशाली हुन् तिनीहरु जसले
पानी झड़ी हुरी बताशमा ओथ पाउन सक्छन्,
कति खुशी छन् तिनीहरु पनि जसले
बाहिर ठण्डा हुदा न्यानोपन पाउन सक्छन्।

प्यारी आमा! म हजूरलाई
कति याद गर्छु कसरी भनू म;
ती सोझो दुइ नयन, त्यो प्यारो मुस्कान
अनि त्यो अगांलोको न्यानोपन;
कति चाहन्छु म हजूरलाई फेरि यो जिवनमा,
आफ्नो कथा सुनाउन अनि जिन्दगीको
हुरी बताशमा ओथ पाउन।

कहिले काही मेरो जिवनमा पूरा वर्षा पर्छ,
वर्षाको हरेक थोपा सगैं हजूरको याद
अझै गहिरो भएर जान्छ,
जब जिन्दगीको घामले मलाई पोल्छ
तपाई नभएको महसूस एक चोटी फेरि तिखो भएर आउछ।

जति याद गर्छु तपाईलाई, माया अझ बढ़ेर जान्छ;
जति माया बढ़्छ, “हजूर भएको भा!” भन्ने खयाल एक चोटि फेरि मनमा आउछ।
हजूरको कमी त कहिले पूरा हुन सक्दैन
तर हजूरको आभास पनि यो जिवनमा कहिले कम हुनेछैन।

जुन जिवनलाई सजाउन हजूर सधै समर्पित थिए,
त्यो जिवनलाई प्राण रहुन्जेल सम्हालने छु म।
जति नै कठिन यात्रा किन नहोस्,
हजूरले सिकाए झै पछि कहिले हट्ने छुइन म।

जुन जिवनको कोशेली मलाई दिनू भो,
त्यो जिवन अरु जिवनको केही काममा लाउन पाऊँ।
केही मुस्कान म पनि तपाईले झैं कसैको जिवनमा छड़किन पाऊँ,
प्यारी आमा, यही नै रहनेछ मेरो हजूरप्रतिको एउटा सानो भेट।

Click below for video link of this poem